फागुन २८ राेल्पा – गंगादेव गाउपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि ३ दिने प्रशिक्षण एवम् कम्युटर वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण २५ गते देेेखि सुुुरु भएको थियाे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको अध्यक्षतामा न्यायीक समितिको हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री रहनु भएको थियो । विशिष्ट अतिथिमा गाउपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु,गाउपालिका शाखा प्रमुखहरु,७ वटै वडाका सचीवहरुको उपस्थिति रहेकोे थियोे। कार्यक्रममा ७ वटै वडामा कम्प्युटर सेट र प्रिन्टर वितरण गरिएको छ।

गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री कम्प्युटर प्रिन्टर हस्तान्तरण गर्दै
कार्यक्रमका सहभागी र प्रशिक्षकलाइ प्रमाणपत्र समेत वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले सबै वडामा कम्युटरको प्रयोग बढाउनु पर्ने बताउनु भएको छ । प्रमुख अतिथि खत्रीले व्यक्तिगत घटना दर्ता हेर्दा सामान्य भय पनि नितिगत रूपमा सबै जानकार हुनु पर्ने बताउनु भएको छ। उहाले गाउपालिकाले गरेका सबैकाको दस्तावेजिकरण गर्नु पर्ने बताउदै सबै शाखा र वडालाइ प्रगति विवरण सङकलन गरेर गाउपालिकाको प्रशासन शाखा उपलब्ध गराउन निर्देशन दिनु भएको छ।

प्रशिक्षकलाई प्रमाणपत्र वितरण
कार्यक्रमका बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष रिता घर्तिले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली नया बिषय भएकोले सहभागीलाई सक्रिय भएर सिकाइ उपलब्धि हासिल गर्न शुझाव दिनु भएको छ। ४ नम्बर वडा अध्यक्ष राम बहादुर वलीले हस्तलिखित रूपमा दर्ता गर्दा तथ्यांकहरु व्यबस्थित नहुने भएकोले कम्प्युटराइज गरेर ब्यवस्थित गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रमको सन्चालन गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले गर्नु भएको थियो ।