फागुन २६ बैतडी — गत माघ २३ गते खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भागरथी भट्टकाे बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टलाई बुधबार पुर्पक्षका लागि सुधारगृहमा राख्न जिल्ला अदालत बैतडीले आदेश दिएको छ।

अभियुक्त भट्टलेे आफ्नाे उमेर १६ वर्ष भएकाे भन्ने बयानमा समेत भन्दै आएका थिए। उनलाई प्रहरीले सार्वजनिक गर्ने क्रममा उनकाे जन्म अभिलेख विद्यालयमा भए बमाेजिम हेरेर थप कानुनी प्रक्रिया थाल्ने प्रहरीले बताएको थियाे। १६ वर्ष नै भएकाे तथ्य भएपछि उनलाई जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृह पठाउने तयारी भएकाेे छ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले सुधारगृह पठाउन आदेश दिएको हो । सरकारी वकिलको कार्यालयले मंगलबार बिहान उनलाई अदालत पेस गरेको थियाे। साँझ ६ बजेतिर अदालतले सुधारगृह लैजान आदेश दिएको सरकारी वकिल भानदेव जोशीले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार