फागुन २५ धादिङ – रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं जादै गरेकाे ट्रक बेनी घाट नजिकैबाट त्रिशूलीमा खसेको छ।

इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार लु १ ख ७७६३ नम्बरको ट्रक बिहान त्रिशूली नदीमा खसेकाे हाे। दुर्घटना परि काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको घटना स्थलमै मृत्यु भएको हो।

दुर्घटनाको कारण भने अझै खुल्न सकेकाे छैन।  शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको सुचना अधिकारीपाण्डेले बताए।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार