दाङकाे घाेराहीबाट प्रहरी नगद सहित जुवाडेलाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा दाङकाे तुलसीपुर उपमहानगरपालिका -६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही उपमहानगरपालिका १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र तास खेलिरहेका होटेलका म्यानेजर सुरज पुन पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरूको साथबाट १ लाख ८८ हजार ८ सय २० रूपैयाँ र  खोलेको ५ गड्डी र नखोलेको तास बरामद भएको प्रहरीले दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार