फागुन १७ राेल्पा – गंगादेव गाउँपालिका वडा न.४ खानिखाेला निवासी एक महिला करिब एक सता यता सम्पर्क बिहिन भएकी छन।

सम्पर्क बिहिन जनका

सम्पर्क बिहिन हुनेमा राकेश कुुुुुमार ओलीकाे श्रीमती ३४ वर्षिय जनका राना ओली रहेकी छिन। उनी घरबाट दाङ स्थित घाेराही उप-महानगरपालिका ९ मकुल डाडाँँमा रहेकाे माइतीघरमा आफ्नाे बुबा बिरामी भएकाे हुदाँँ भेटघाटकाे लागि भनेर गएकाे श्रीमान राकेशले बताए। आफू राेजगारकाे लागि भारत गएकाे र श्रीमती बेपत्ता भएपछि खाेजिकाे लागि आएकाे पनि राकेशले बताएका छन।

सम्पर्क बिहिन जनका

बेपत्ता भएकी जनका १२ गते राेल्पा गंगादेवबाट माइतीघर पुगेपछि १३ गते नै घर फर्किने भनेर माइतीघरबाट गइसकेको माइती पक्षले बताएको छ। उनी दाङ तुलसीपुर बसपार्क आएर भुपेन्द्र डागी भन्ने व्यक्तिकाे हाेटेलमा सबै सामान छाेडेर माेबाइल बनाउन भनेर बजार गएकाे र त्यसपछि सम्पर्क बिहिन भएकाे बताइएको छ।

इलाका प्रहरी कार्यालयमा पेश गरेकाे निवेदन

खाेजिकार्य गरिदिन भन्दै उक्त महिलाको श्रीमान राकेशले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा निवेेदन दिएका छन। उक्त निवेदनमा एक ताेला सुन र ३ लाख २० हजार नगद रुपैयाँ लिएकाे पनि उल्लेख गरेका छन। उनलाई भेटाउने जाे काेहिले पनि नजिकैको प्रहरी कार्यालय वा राकेशकाे सम्पर्क नम्बर ९८४१०९६५६४ मा सम्पर्क गरिदिन आग्रह गरेका छन। बेपत्ता भएकी भएकी महिला एक छाेरा र दुई छाेरीकाे आमा हुन।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार