दाङमा श्रीमतीले श्रीमानको हत्या गरेकि छन।
घोराही उपमहानगरपालिका-१ गैरागाउँ बस्ने श्रीमान ६४ वर्षीय ढाल बहादुर चौधरीकाे उनकि श्रीमती ६२ वर्षीया माया चौधरीले शनिबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घरायसी विवादका कारण श्रीमती मायाले टर्च लाईट टाउकोमा प्रहार गर्दा ढाल बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले मायालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।