रोल्पाकि एक महिलाको मलेसियामा मृत्यु भएको छ।

गंगादेब गाउपालिका -१ ओतकि मनकला वली मलेसियाको जोहोरबारु स्थित कम्पनीमा काम गर्ने क्रममा हिजो राती करिब ३ बजेतिर मृत्युु भएको राेल्पाली सेवा समाज मलेसियाले जनाएको छ।

उनकाे रातकाे डिउटी रहेकाे थियाे। उनले काम गर्दै गर्दा मेसिनमा परेर मृत्युु भएको खुल्न आएको समाजले जनाएको छ। घटना बारे मलेसियाका लागि नेपाल राजदुतावास र कम्पनी संग छलफल भइरहेको समाजले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार