सल्यानकाे दार्मा गाउँपालिकामा रहेको उज्यालो युवा क्लबले वर्षाले पुर्ण अवरुद्ध भएको बाटो मर्मत गरेको छ।
उक्त गाउँपालिकाकाे वडा नम्बर -५ मा अबस्थित जलेखर्क, हुदै ढाकाडामकाेट जाने बाटो वर्षाले पुर्ण रुपमा अबरुद्ध भएपछि आवातजावत गर्न निकै कठिन भएको भनी स्थानीय र विद्यार्थीले गुनासो गरेपछि कतैबाट मर्मतको लागि पहल नभएपछि क्लबले पहल कदम चालिएको क्लबका सचिव घनराज खड्काले बताए।
जलेखर्क नजिकै दारिगाैरा मा विगतका वर्षहरु देखि नै बाटो अबरुद्ध हुदै आएको र यसवर्ष पनि उक्त स्थानमा वर्षाको कारण बाटो पूर्ण रुपमा अबरुद्ध भएको थियो। स्थानीय सरकारले पहल कदम चाल्ने भनिए पनि केही पहल नगरेको र हिजो मात्रै उक्त सडक अनुगमन गरेर सरकार गएको स्थानीयले क्लबलाई जानकारी गराएका थिए।
स्थानीय युवा विरेन्द्र प्रकाश खड्का बाटो मर्मत कार्य गर्दै गर्दा क्लबलाई धन्यवाद दिदै भन्नू भयो “यस कार्यलाई निकै उत्साहितका साथ मनन गरेको बताउदै उनले भने `अहिले वर्षाको समय छ, सरकारको मात्रै आश गरेर हुदैन हामी नागरिक पनि मैदानमा आउन जरुरी छ। क्लबले मात्रै सबै काम गर्न नसक्ने अबस्था छ। स्थानीयले पनि हाैसला सहित साथ दिन जरुरी छ।” उक्त कार्यकाे सुरुवात पहिला तीन जनाबाट मात्रै भएको थियो। क्लबका सचिव घनराज, स्थानीय विरेन्द्र प्रकाश र तिलक खड्काले सुरु गरेका हुन।
स्थानीय काे उपस्थिति निकै कम रहेको क्लबले जनाएको छ। क्लब, स्थानीय र शिक्षक गरि जम्मा ९ जना उपस्थित रहेको बताएको छ। स्थानीय विरेन्द्र प्रकाश खड्का, तिलक खड्का, डिल्ली प्रसाद खड्का, जीवन केसी, सुशील केसी सहित जम्मा ५ जना स्थानीय उपस्थित भएका थिए। स्थानीय डिल्ली प्रसाद खड्काले विगत २ दिन देखि उक्त कार्यमा सहभागी हुन सबैलाई अनुरोध गरेको तर कसैले चासो नदेखाएको बताएका थिए।
दिउँसो १ बजे खाजाकाे समयलाई शिक्षकहरूले उक्त कार्यमा सदुपयोग गरेका थिए। विद्यालय नजिकै भएको कारण शिक्षकहरुलाई उपस्थित हुन सहज भएको क्लबले जानकारी गराएको छ। श्री जनकल्याण आधारभूत विद्यालय भालुमारेका प्रधानाध्यापक भाेपाल खड्का, शिक्षक राम प्रकाश खड्का र शिक्षक राेशन खड्काले खाजाकाे समयलाई सदुपयोग गरेर उपस्थित जनाएका थिए। प्रधानाध्यापक खड्काले भने ” हामीले सक्दाे पहल गरेका छाैँ हिजो मात्रै स्थानीय सरकारले अनुगमन गरेको छ। अझै थप पहल गर्ने छाैँ। साथै सम्पूर्ण स्थानीय बासिन्दाहरुलाई उपस्थित भइ बाटो मर्मत गर्नु हुन अनुरोध छ। र क्लबले पछिल्लो समय निकै राम्रो काम गर्दै आएको छ, अझै राम्रो कामहरू गर्दै जानू हाम्रो विद्यालय परिवार सधैं साथमा रहने छ। र यस्ता कार्यलाई अग्रसर दिएको मा क्लबलाई धन्यवाद दिएका हुन।
उक्त बाटो मर्मत कार्यमा उपस्थित सम्पूर्ण शिक्षक र स्थानीय युवाहरूलाई क्लबको तर्फबाट धन्यवाद दिदै सचिव घनराजले भने `हामी सधै तयार छाैँ हामीले सक्ने कार्यमा सधैं सहभागी हुने छाैँ र मैदान मा सबैलाई आउन आह्वान गर्दछौं। वर्षा जारी रहेकोले अझै जाेखि रहेको र उक्त जाेखिमलाई मध्यनजर गर्न जरुरी रहेको समेत बताए। पछिल्लो समय क्लबले स्थानीय स्तरमा यस्ता सामाजिक कार्य निरन्तर गर्दैन आएको छ।