तुलसीपुरमा तास खेलिरहेकाे अवस्थामा हाेटल संचालक सहित ४ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा तुलसीपुर न्यूरोडमा रहेको मिलन गेष्ट हाउसका संचालक ४९ वर्षिय कमानसिंह के.सी, तुलसीपुर उपमहानगरपालिका -४ बस्ने बर्ष ३२ को सुरेन्द्र मल्ल, तुलसीपुर – ८ बस्ने बर्ष ३१ को लोकेन्द्र वली र सल्यानकाे बागचौर नगरपालिका -७ बस्ने बर्ष ३२ को राजेन्द्र पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनिहरुलाई बिहीबार बेलुका करिब ७:५० बजेतिर तुलसीपुर न्यूरोड स्थित मिलन गेष्ट हाउस भित्र कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले बताए।

उनिहरुकाे साथबाट ४३ हजार ८ सय ९० रुपैया नगद र एक गड्डी तास बरामद भएको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत दाङबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रानाले बताए।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार