एक १३ वर्षिय बालिकालाई पहिला ढुंगाले हानि घाइते बनाएर दुई जनाले पालैपालो बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलाे गरेर फर्कने क्रममा साेहि ठाउँकि १३ वर्षीय एक बालिका माथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
करिब रातकाे १२ बजेपछि चार जना साथि संग घर जान लागेकि ती बालिकाकाे समुहलाई बाटोमा उनकै जानपहिचानका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले लखेटे। अरु तीन बालिका भागिन अलि पछि परेकि ती बालिकालाई टाढैबाट ती युवाले ढुंगाले हानेपछि बालिका ढलेपछि ती युवाहरुले उनिमाथि जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
चाेटले ढलेकि ती बालिकालाई त्यहा बाटाेबाट उठाएर एकान्तमा लिएर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले बताए।
पक्राउ परेका माथि जिल्ला अदालत दैलेखबाट म्याद थपगरि अनुसन्धान भइरहेको छ। अहिले बालिकाको दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उपचार भइरहेको छ । उनको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा गहिरो चोट र रक्तश्राव भएको छ। उनकाे अवस्था खतरामुक्त छ।
बेहाेस अवस्था भेटिएकि थिइन बालिका
आफुहरु संगै घर फर्कन लागेकि ती बालिका घर नपुगेपछि उनिसंग रहेकि तीन बालिकाले घरमा गए लगत्तै आफुहरुलाई लखेटेकाे भागेर आएकाे ती बालिका पछि परेको खबर गरे। त्यसपछि आफन्त र स्थानीयवासी राति नै बालिकाको खोजीमा जानेक्रममा बाटाे भन्दा अलि माथि सानाे चौर जस्तो घटनास्थल रहेछ त्यहा नजिक पुगेको चाल पाउनासाथ ती युवा त्यहाँबाट भागेकाे स्थानीयले देखे। त्यहा पुग्दा बालिका रक्ताम्य र बेहाेस थिइन। त्यसपछि बोलेरो गाडीमा राखेर उनलाई दैलेख अस्पताल पुर्याइएको थियो ।