एक महिलाले छाेरा सहित कालीगण्डकी नदिमा हाम फालेकि छन।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका -४ चिफलडाँडाकि श्यामकला बस्याल पाण्डे मङलबार बिरामी भएको भन्दै उपचारको लागि मिर्मी जान्छु भनेर घरबाट ७ बर्षीय छोरा अरपित पाण्डेलाई साथमा लिएर हिडेकी बुधबार दिउँसोदेखि कालीगण्डकी नदीमा हाम फालेकाे आशंका भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

स्याङ्जास्थित कालीगण्डकी नदीको किनारमा गुलाबी रङ्गको लेडिज ब्याग, एक मोबाइल फोन,एक जाेर लेडिज चप्पल र एकजाेर बच्चाको जुत्ता मात्रै फेला परेको छ। त्याे क्षेत्रमा खाेजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले बताए।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार