नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीको आन्तरविराेधले पार्टी विभाजन नहुने बताएका छन।

शनिबार जारी स्थायी समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधले पार्टी विभाजन नहुने र बाहिर आएका मतभेद जस्तो आन्तरिक रुपमा नरहेको यद्यपि कहिकतै बहसकाे विषय जारी रहेको बताउदै भने `आन्तरिक विषयहरू पार्टीभित्र छलफल गर्छौँ । अन्तरविरोधबारे बाहिर बाहिर मिडिया र अन्य मान्छेले हल्ला गरेका छन्, त्यो पुरा हुँदैन र त्यस्तो पनि हाेइन अध्यक्ष प्रचण्डकै नेतृत्व पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ’।´

विचार मिल्ने दलहरूसँग पार्टी एकता हुने गर्दै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्नका लागि पार्टीको एजेन्डा नै बनाएकाे पनि खुलासा गरेका छन। एकताका लागि सबैभन्दा नजिकको दल नेकपा एकीकृत समाजवादी, नेकपा लगायत दलहरूसँग नियमित छलफल र बहस भइरहेको समेत उपमहासचिव पुनले बताए।

उनले भने ‘बैठकको अन्तिममा एउटा निष्कर्षमा पुग्छौँ । विचार मिल्नेसँग प्रवृत्ति मिल्नेसँग मिलेसम्म एकताबद्ध हुँदै जान्छौँ । स्वभाविक रुपमा एकीकृत समाजवादी, नेकपा लगायतसँगै पार्टी निकट हुन्छ,कतिपय मानिसले एकता हुन लागे भनेपछि धेरै भ्रम फैलाउने गर्छन् । एकता हुन नदिने कोसिस गर्छन् । नियमित छलफल र बहसबाट मतभेद साँघुराउँदै जान्छौँ ।  हामीले नियमित काम गरिरहेका छौँ। हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौँ।’ यसाे त उपमहासचिव पुन र नेकपा महासचिव नेत्रविक्रम चन्द `विप्लव´काे पनि भेटवार्ता यसअघि भइसकेको छ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिवार