गभर्नर डा. विश्वनाथ पौडेलले १६ करोडको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका छन् । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण बैंकमा बुझाएका हुन्।

गभर्नर डा. विश्वनाथ पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर पौडेलको सम्पत्तिमा सेयर लगानी उच्च प्राथमिकतामा देखिन्छ।

घरजग्गा:
ललितपुर, भैसेपाटी: पत्नीको नाममा ५ आना २ दाम जग्गा र २७९५ वर्गफिटको घर (मूल्य: १.५५ करोड)।
गैंडाकोट, नवलपरासी: ६० लाख मूल्यको घरजग्गा।

सुन/हिरा:
४५ तोला सुन (पैतृक)।
१५ लाख मूल्यको हिरा (स्वआर्जित)।

बैंक बचत:
तीन बैंकमा कुल २०.६८ लाख रुपैयाँ।
डलर खाता: पत्नीको खातामा ४४४६ USD (झन्डै ६.२२ लाख रुपैयाँ), आफ्नै खातामा ६६ USD।

गाडी:
पत्नीको नाममा ४४ लाखको सुजुकी कार (किनिएको: २०७७ भदौ)।

सेयर लगानी:
आफू र पत्नीको नाममा १४ करोडभन्दा बढीको सेयर।
सानिमा बैंकमा प्रवर्धक सेयर: २,४४,१७६ कित्ता (मूल्य: २.४४ करोड)।

जलविद्युत् र लगानी कम्पनीहरूमा पनि सेयर।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार