तुलसीपुरमा स्कुटरकाे ठक्करबाट राेल्पाका एक जना गम्भीर घाइते भएका छन।
घाइते हुनेमा राेल्पाकाे गंगादेव गाउँपालिका -३ का १४ वर्षिय कमानसिङ बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिका – ७ माटाकुटी नजिकै श्रीगैबाट तुलसीपुर तर्फ आउदै गरेको रा ७ प २५९८ नम्बरको स्कुटिले विपरीत दिशाबाट साइकलमा सवार रहेका बस्नेतलाई ठक्कर दिदा उनी गम्भीर घाइते बेहाेस भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले बताए।
उनकाे टाउकोमा गहिरो चोट देखिएको छ। उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका -७ बस्ने ३६ वर्षिय रुपेस डि.सीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राणाले बताए।