नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दायर गरेको छ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराका कार्यालय प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण राणाभाट र ट्याङ्कर चालक निर्मल थापाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।

उनीहरूले मिलेमतोमा सीसी क्यामरा नै बन्द गरी नियतवश बढी डिजेल लोड गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो । मिति २०८०।०४।२५ को Invoice नम्बर 8104-400001187 अनुसार पेट्रोलियम पदार्थ (डिजेल) पश्चिमाञ्चल ट्रेड्रसको ग २ ख ८३६ नम्बरको टैंकट्रकमा १२,००० लिटर डिजेल लोड गर्नुपर्नेमा १५,०३८ लिटर लोड गरी शिल लगाई डिपो बाहिर गएपछि पोखरा महानगरपालिका २७ मा रोकी गरिएको चेकजाँचमा ट्याङ्करमा १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो । उनीहरु विरुद्ध जनही ४ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको प्रवक्ता पौडेलले बताए।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार