अमेरिकामा एकै परिवारका जना नेपाली मृत फेला परेका छन।
भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेकाे अमेरिका स्थित विभिन्न समाचार एजेन्सीले लेखेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा ३८ वर्षिय सन्तोष परियार उनकी श्रीमती ३६ वर्षिय अञ्जु श्रेष्ठ र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।
घटनाबारे बिहीबार राति पौने ११ बजेतिर प्रहरीले थाहा पाएको थियाे। उक्त घरमा उनिहरु करिब ६ महिनाअघि देखि भाडामा बस्दै आएका थिए। घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।
‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन । अहिले सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।
याे घटनास्थल झन्डै एक वर्ष अघि अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घर देखि पैदल ३ मिनेटकाे दुरिमा छ।