चैत १७, सल्यान – मानव अधिकार तथा शान्ति समाज शाखा सल्यानको आयोजनामा जलवायु संवाद कार्यक्रम बागचौरमा आईबार सम्पन्न ।
कार्यक्रमको प्रमुख अथिति नेपाली काँग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले जैविक विविधतामा ह्रास आउनुमा प्राकृतिकभन्दा मानवीय गतिविधि बढी जिम्मेवार रहेको बताए । उदाहरणका लागि कोभिड–१९ लगायत मानव स्वास्थ्यसँग जोडिएका समस्या जैविक विविधताकै ह्रासका (कल्मिनेटिङ) असर भएको उनले जनाए ।
जलवायु परिवर्तनमा युद्धको प्रभाव बहुआयामिक हुन्छ किनभने यसले वातावरण र ‘इकोसिस्टम’ को विनाश गर्छ । युद्धले प्राकृतिक स्रोतको दुरूपयोग गर्छ, मानवीय तथा आर्थिक क्षति गराउँछ र वायुमण्डलमा कार्बनको मात्रा बढाउँछ। त्यसैले जैविक विविधता संरक्षणका लागि ‘वातावरणीय सुरक्षाको अवधारणा’ विश्वव्यापीरूपमा स्वीकार्नु आवश्यक भएको बोल्ने बक्ताले बताए थिए ।
कार्यक्रमको प्रमुख अथिति नेपाली काँग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगी बिशिस्ट अथिति बागचौर नगरपालिका नगर प्रमुख जनक राज गौतम, अथिति उप प्रमुख सुम्निमा डिसि वलि, नि.प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य रुद्र चन्द,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब डिल्ली जैसि, बागचौर नगरपालिका नगर प्रवक्ता तथा वडा नं २ अध्यक्ष दिपेश डाँगी शिक्षक महासंघका सल्यान अध्यक्ष लक्ष्मि नारायण केसी, शिक्षक पुर्ण भण्डारी, प्रेम केसी, शिला केसी भण्डारी, नरबहादुर बुढा, सन्जिब बिक,समाज सेबि हेमेन्द्र राज वली, तोक लाल शर्मा, भोला शर्मा, चुडामणी केसी, खुम बहादुर भण्डारी, हरिलाल डिसी, विभिन्न राजनीतिक दलका प्रतिनिधि पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रमा सभाअध्यक्षता मानव अधिकार तथा शान्ति समाज शाखा सल्यान अध्यक्ष अंङगेश्वर डाँगीले रहेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष क्षेत्र बहादुर बिकले राखेका थिए भने कार्यक्रमको सहजीकरण उप सभापति शिब शर्माले गरेका थिए ।