चैत १, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ९ धामिढुङ्गा निवासी जरसिहं डाँगीले आफू ८४ वर्ष पुगेको अवसरमा घरमै पुजा लगाएर एक विद्यालयको लागि ५१ हजार १ सय ५५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएका छन ।

बागचौर नगरपालिका वडा नं. ९ कुयापानीमा रहेको सुर्य प्रकाश आधारभुत विद्यालयमा डाँगी र उनको स्व. श्रीमती मती कुमारी डाँगीको नाममा अक्षकोष स्थापना हुने भएको छ ।
बुबा जरसिहं डाँगी र स्व. आमा मति कुमारीको डाँगीको नाममा बुबा ८४ वर्ष पुगेको अवसरमा घरमा पुजा लगाएर छोराहरु नेत्रलाल डाँगी, लोक बहादुर डाँगी, तिलक डाँगी, जिवराज डाँगी, कमल डाँगी, बुहारिहरु निर्मला डाँगी, शुसिला डाँगी, हिमा डाँगी, भुमा डाँगी, निर्मला डाँगी, छोरीहरु तिला डाँगी, नन्दा डाँगी, ज्वाईहरु प्रेम वली, नेत्रलाल वली र नातिनातिना, पनाती-पनातीनीहरुले अक्षकोष निर्माण गरेका छन ।

अक्षयकोष संचालक समिति संयोजक जरसिहं डाँगी, अध्यक्ष विद्यालयका प्र.अ. सदस्य छोराहरु ५ भाई, सदस्य स्थानिय बुद्धिजीवी १ जना रहने गरि अक्षकोष निर्माण गरिएको छ । विद्यालयमा उक्त अक्षकोषबाट वार्षिक कार्यक्रममा जेहेन्दार तथा गरिब विद्यार्थीलाई प्रोत्साहन गर्ने जनाउँदै यसरी विद्यालयको हितको लागि अक्षयकोष निर्माण गरेकोमा विद्यालय परिवारले डाँगी परिवारलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार