फागुन ४ कपिलवस्तु – मामाघर नजिकैको मेला घुम्न गएकि एक किशोरी बलात्कृृृ भएकि छिन। साझ घर फर्किँदा रात परेपछि भान्जी छाड्न भन्दै भान्जीलाई लिएर गएका एक पुरुषले भान्जी माथि बलात्कार गरेका हुन।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शुक्रबार राति १६ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्। विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी रहेछिन। मेला हेर्दा अबेर भएपछि दाईले आफ्नो भाई कान्छोलाई भान्जीलाई घर छाड्दिन भनेका थिए। भान्जी ढिला घर गएपछि दिदी रिसाउनुु हुन्छ भनेर आफुले भाईलाई मेलाबाट नै घरसम्म छाड्न भनेर मोटरसाइकलमा भाइ र भान्जीलाई पठाएको प्रहरी समक्ष बयान दिएका छन।
मोटरसाइकलबाट जाने क्रममा बाटो ट्याक्टर हिँडेर बिग्रिएको भन्दै मामाले गलत बाटो लगेर खोलाको किनारमा पुगेपछि शौचालय गर्ने बहानामा बाइक रोकी मामाले आफुमाथि बलात्कार गरेकाे पिडित बालिका बताउँछिन। मुद्दा दर्ता गर्न सहयोगी नभेटिएपछि फागुन २ गते मात्रै प्रहरीसमक्ष जाहेरी दर्ता भएको थियो। घटनाका आरोपितलाई इलाका प्रहरी कार्यालय गणेशपुरले पक्राउ गरि अनुसन्धान गरिरहेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।