दाङ घाेराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाबाट पनि सेवा विस्तार गर्ने भएको छ ।
प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको रुन्टीगढी गाउँपालिकाकाे होलेरीबाट सेवा विस्तार गर्न लागेको हो। आइतबार प्रतिष्ठानमा एक कार्यक्रमका बिच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबिच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबिच पुस १ गतेदेखि लागु हुने गरि द्विपक्षीय सम्झौता भएको छ।
एमबीबीएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी व्यवस्थापन गरेर होलेरीमा एमबीबीएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबीबीएस चिकित्सकको अभाव हुन नदिइ एमबीबीएस चिकित्सकको व्यवस्था भएपछि त्यहाका जनताले २४ सै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने गरि प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबीबीएस चिकित्सक नियुक्त गरेर पठाउने रजिस्ट्रार लम्सालले बताए।
असारदेखि होलेरी अस्पतालमा एमबीबीएस चिकित्सक नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न दाङ घोराहीमा धाउनुपर्ने बाध्यता रहेको थियो ।