दाङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ परेका छन्।
यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरेपनि ढाकछोप गर्न खोजिरहेकाे स्थानीयकाे आराेप छ।
सशस्त्र प्रहरी बल २९ नं ज्वालामाई गण राप्ती गाउँपालिका भालुबाङ स्थित दशैकाे फुलपातिकाे दिन कार्यालय बाहिर पिङ हालेको स्थानमा स्थानीय दुई जना १ जना ८ र १ जना १४ वर्षिय बालिकालाई पिङ खेलाउने र चाउचाउ खान दिने प्रलोभनमा लगेर बलात्कार गरेको खुलेपछि त्यस घटनाको छानबिन गरि दाेषि माथि कारबाही गर्न स्थानीयले केही दिन देखि आन्दोलन गरेपछि भालुबाङ अस्तव्यस्त थियाे। स्थानीयले बुधबार सशस्त्र गणलाई घेराउ समेत गरेका थिए।
पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र सशस्त्रका जवान रेवन पचभैया मगर छन उनिहरुलाई पक्राउ गरि नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए।
घटना घटेको दशै फुलपातिकाे दिन साझ ती बालिका डेरामा आइ आफ्नी आमालाई भनेपछि आमाले छोरीको योनाङ्ग हेर्दा अत्यधिक रक्तस्राव भएको र घाउ समेत देखेपछि आमाले प्रहरीलाई खवर गरेकी थिईन् । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङ मार्फत ती नाबालिकाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण रिपोर्टमा नाबालिका बलात्कृत भएको पुष्टि भएको थियाे।