सार्वजनिक विद्यालयहरूको कोष बलियो बनाउन सल्यानकाे एउटा विद्यालयले फरक र सृजनशील अभियानकाे सुरुवात गरेको छ।
कपुरकोट गाउँपालिका -५ रिममा रहेको जीवन ज्याेति नमुना माद्यमिक विद्यालयले विद्यालयको कोष अभिवृद्धिका लागि जीवनज्योति स्वावलम्बी उत्थान कोष स्थापना गरी विभिन्न शुभचिन्तक र पूर्व विद्यार्थीहरुलाई विभिन्न क्याटागोरीको सदस्यता प्रदान गर्दै आर्थिक सहयोग गर्न आह्वान गरेको छ।
उक्त कोष परिचालनको लागि एक कार्यविधि समेत तर्जुमा गरी स्वीकृत भई अहिले विद्यालय आफ्नो अभियानकाे सुरुवातमा छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको संयाेजकत्वमा उक्त अभियान सञ्चालित छ। अभियान सुरु भएको छाेटाे समय हालसम्म लाखौं रकम उक्त कोषमा जम्मा भइसकेको अभियानका संयोजक भण्डारीले बताए।
अहिलेसम्म विद्यालय प्रति एउटा अभियान संग जाेडिएर शिक्षा क्षेत्रमा लगानी गरिसकेका सहयोगी दातालाई विशेष धन्यवाद र इच्छुक सम्पूर्ण महानुभावहरूलाई यो अभियानमा जोडिन गाउँपालिकाको तर्फबाट समेत विशेष अनुरोध गरेको छ।
अन्य विद्यालयहरूले पनि यस प्रकारको कोष मजबुत पार्ने अभियानहरू सञ्चालन गर्न सकेअन्य विद्यालयहरूको निम्ति पनि सिकाइ हुने कपुरकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत वलीले बताए।