बाँकेका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या प्रकरणमा चार दिनपछि एक जना पक्राउ परेका छन।
गत शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिराका चन्द्रबहादुर कामीको टाउको नभएको अवस्थामा कोहलपुरउपमहानगरपालिका -८ बंगलाचोकस्थित कच्ची सडकमा शव फेला परेको थियाे। त्यसपछि प्रहरी विभिन्न काेणबाट अनुसन्धानमा प्रहरी अधिकृत संगै कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर संगै अनुसन्धान गरिरहेको थियाे। घटना भएकै राति घटनास्थल भन्दा केही टाढा रहेको सिसिटिभिमा देखिएको फुटेजलाई पछ्याउँदै गएकाे बाँके प्रहरीले चार दिन पछि एक जनालाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा रोल्पाकाे साविक घर्तिगाँउ गा.बि.स.वडा नं. ९ हाल माडी गाउपालिका वडा नं. ६ का २४ वर्षीय अनिल परियारलाई राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट भारत प्रवेश गर्न खाेजेकाे अवस्थामा मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जनसहारासंग बताए।
प्रहरीले चन्द्रबहादुरको टाउकाे घटनास्थलबाट ५ सय मिटर टाढा कोहलपुर-८ पिपिरीस्थित पक्राउ परेका अनिलकै बहिनीको घरको सेप्टिक ट्यांकीमा टाउको र धारिलो हतियार फेला पारेकाे थियाे। त्यसपछि प्रहरी झन आराेपि नजिक पुगेको थियाे।
कसरी भेटिए आराेपि अनिल
घटनालाई सबै तिरबाट कडाइका साथ अनुसन्धान थालिएको थियाे। त्यसक्रममा सबैभन्दा पहिला घटनास्थल नजिकै प्रहरी सिसिक्यामेरा खाेज्दै जाँदा करिब डेढ-दुई सय मिटर नजिकै एउटा सिसिटिभी क्यामेराकाे फुटेज हेर्दा चन्द्रबहादुर र अर्का एक जना संग झकडा भएको जस्तो अलि टाढाकाे दृश्य कैद भएको र घटनास्थलबाट एक जना युवक साइकलमा सवार हुदै आएपछि क्यामेराकाे नजिकै आउदा उनकाे स्पष्ट पहिचान खुलेको र केही सामान बोकेको देखिएपछि प्रहरी त्यतै साेझियाे।
त्याे साइकलमा सवारलाई खोजी गर्दै जाँदा त्यस ठाउँबाट झन्डै पाँच सय मिटर टाढा अनिता परियारको घरमा प्रहरी पुगेको थियो। प्रहरीले उनको घरको आँगनमा रहेको एउटा ढुंगामा रगतको खत फेला पारेपछि सिसीटिभीमा देखिएका व्यक्तिबारे अनितालाई प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो दाइ र नाम अनिल भएको विवरण दिएपछि प्रहरीले आराेपिलाई खाेज्दै जादा राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रमा रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयमा लुकेको अवस्थामा फेला परेका हुन। अनिल र मृतक चन्द्रबहादुर बारे खासै नजिकबाट चिनजान भएको धेरै समय नभएको समेत उनकि दिदिले प्रहरी समक्ष बताएकि हुन। घटनाकाे कारण अझै खुलि नसकेको भएपनि घटना हुदा दुवै जनाले मदिरा सेवन गरेकाे खुलेको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।
पक्राउ परेका अनिल भर्खरै जेलबाट छुटेका थिए
अनिल गत वैशाखमा मात्रै जेलबाट छुटेका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको र दोषी ठहर भई वैशाखमा मात्रै जेलबाट छुटेकाे उनकाे प्रहरी संग पृष्ठभूमि रहेको छ।