दाङबाट तास खेलिरहेकाे अवस्थामा १६ जना पक्राउ परेका छन।

दशै टिकाकाे राति दंगिशरण गाउँपालिका-३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी, साेहि ठाउँ बस्ने बर्ष ३३को मेघराज रजौरे, बर्ष ४० को लम्बुधर चौधरी, बर्ष ५५ को भागीराम चौधरी, बर्ष ३० को श्यामेश्वर वली, बर्ष ३९ को निराजन धिताल, बर्ष ५० को महाबिर चौधरी, बर्ष ४२ को शिबहरी धिताल, बर्ष ३५ को ओम प्रकाश पुरी, बर्ष ३२ को गोकुल धिताल र बर्ष ४१ को आनन्द रजौरे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनिहरुकाे साथबाट नगद १ लाख ६ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास पनि बरामद भएको छ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने शिव बहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको र नगद ७९ हजार रुपैयाँ र ३ बुक तास बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार