असोज १९, सल्यान – लक्ष्मी आधारभूत विद्यालय छत्रेश्वरी- १ जलेखर्क सल्यानको ५० औं वार्षिकोत्सब तथा पुर्व विद्यार्थी भेटघाट कार्यक्रमको अवसरमा बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

असोज २२ देखि २४ गतेसम्म संचालन हुने कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगीता हुने भएको छ । जसमा प्रथम पुरुस्कार रु ५० हजार १५ रुपैयाँ, दृतीय पुरस्कार रु ३५ हजार १५ रुपैयाँ र तृतीय पुरस्कार रु २० हजार १५ रुपैयाँ रहेको छ भने दर्ता शुल्क रु ५ हजार तोकिएको छ ।

यस्तै, लहरे पैसेरी तथा आमा समुह नाच प्रतियोगितामा प्रथम पुरस्कार रु ४ हजार, दृतीय पुरस्कार रु ३ हजार र तृतीय पुरस्कार रु २ हजार रुपैयाँ रहेको छ भने कार्यक्रममा उपस्थित सबै नाचलाई रु१ हजारका दरले दिने आयोजकले बताएको छ ।

त्यस्तै, आधारभूत तह १-५ खुल्ला विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगीता हुने भएको छ । जसमा प्रथम पुरस्कार रु २ हजार, दृतीय पुरस्कार रु १ हजार ५ सय र तृतीय पुरस्कार १ हजार रहेको छ ।

यस्तै, आधारभूत तह १-३ खुल्ला विद्यालय स्तरिय हिसाब दौड प्रतियोगीता प्रथम पुरुस्कार रु १ हजार ५ सय, दृतीय पुरस्कार रु १ हजार र तृतीय पुरस्कार रु ५ सय रहेको छ । त्यस्तै कार्यक्रममा खुल्ला घैटोफोर प्रतियोगिता रहेको छ जसको पुरस्कार रु १ हजार रहेको छ भने दर्ता शुल्क रु १ सय राखिएको छ ।
भलिबल प्रतियोगिताका लागि दर्ता समय समय असोज २१ बिहान १० बजे देखि बेलुका ५ बजेसम्म रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई सफल पार्न भुपु विद्यार्थी लगायत सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरेकोमा धन्यवाद दिदै पहिलो प्राथमिकता कार्यक्रम सफल पार्नेमा हुने बचत रहेको पैसा विद्यालयमा अक्षकोष निर्माण गर्ने विद्यालयका वि.व्य.स. अध्यक्ष प्रदिप योगीले बताएका छन ।

विस्तृत जानकारीका लागि कार्यक्रम संयोजकः प्रदिप योगी ९८४३११७५६३ र व्यवस्थापन संयोजकः शेर बहादुर वली ९८४४९७७९३४ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार