दाङमा पहल थिएटर निर्माण हुने भएको छ ।

चलचित्रकर्मी एवं नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको हो। जसकाे आज घाेराही उपमहानगरपालिका १५ मा शिलान्यास गरिएको छ।

वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले थिएटरकाे शिलान्यास गरेका हुन। दाङमा दुई दशकअगाडि देखि नाटक मञ्चन परम्परा सुरु भए पनि थिएटर थिएन । थिएटर नहुँदा दाङमा नाटकको विकास हुन नसकेको भन्दै पछिल्लो समय थिएटर संचालनमै ल्याई नियमित नाटक मञ्चन परम्परालाई अघि बढाउने उद्देश्यसहित थिएटर निर्माण गर्न लागिएकाे हाे।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार