फागुन २ सल्यान – हरेक वर्ष ऐतिहासिक दिन फागुन १ गते अर्थात जनयुद्ध दिवस यसै अवसरमा शनिबार दार्मा गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव समुह वडा नं ३ को वडा कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ।

वडा कमिटी अध्यक्ष गणेश बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका टोल कमिटी, सेल कमिटि र जनसंगठनहरूको सङ्गठनात्मक काम अघि बढाउने निर्णय भएको छ। बैठकमा गाउँपालिका इन्चार्ज निम बहादुर केसी अरुण, जिल्ला कमिटी सदस्यहरु चन्द्र बहादुर रावत, दल बहादुर केसी, पालिका कमिटी अध्यक्ष असविर बुढाथोकी, कर्णाली परिषद् सदस्य टीका शर्मा ओली, वडा कमिटी इन्चार्ज सेतीराम रोकाहा, सह इन्चार्ज प्रेम केसी, गाउँ कमिटी सदस्यहरु देव बहादुर रोकाय, खगेन्द्र केसी र भूपाल चन्दले मन्तव्य राख्नु भएको थियो।

त्यस अघि सहिद गेटमा जनयुद्ध दिवसको अवसरमा अविराबारण र सहिदहरू प्रति श्रद्धा सुमन अर्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव लोकविर ओलीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार