अमेरिकामा एक नेपाली युवतीको गाेली हानेर हत्या गरिएको छ।

भोजपुरकि २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेलाई सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेकाे ह्युस्टन प्रहरीले जनाएको छ।

पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेको खुलेको छ। उनकाे छातीमा गोली लागेको छ घटना अमेरिका स्थित वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको र अहिलेसम्म घटनाकाे कुनै संदिग्धको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार