वैदेशिक राेजगारीका लागि युएई पुगेका राेल्पाका एक युवाकाे निधन भएको छ।
मृत्यु हुनेमा परिवर्तन गाउँपालिका -४ जरेनीका ३१ वर्षिय पबन बुढाथोकी रहेको रोल्पाली सेवा समाज युएईका अध्यक्ष डिल पुनले बताएका छन।
उनकाे July 20, 2024 को दिन दुबई शहरको जबेल अलि भन्ने ठाउँमा निधन भएको र बिभिन्न कानुनी प्रकिया पुरा गरि गत साेमबार मात्र मृत्यु दर्ता प्रमाण पत्र (Death Certificate) बनाई सकिएकोले अब केहि दिन भित्र मृतक बुढाथोकीको शव नेपाल ल्याउने तयारी रहेको समाजका अध्यक्ष पुनले बताए।