बहाल वाला वडा अध्यक्ष नै वैदेशिक राेजगारमा गएका छन।

दाङकाे राप्ती गाउँपालिकाका एक बहालवाला वडा अध्यक्ष बैदेशिक रोजगारका लागि युके (बेलायत) गएका छन। राप्ती गाउँपालिका -८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग बैदेशिक रोजगारका लागि साउन २० गते नेपालबाट युके (बेलायत) उडेको पारिवारिक स्राेतले जनाएको छ।

गत २०७९ मा सम्पन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा गुरुङ्ग निर्वाचित हुनु भएका गुरुङ निर्वांचनमा उम्मेदवार हुँदा लागेको ऋण सहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको ऋण करिब ४० लाख तिर्न नसकेपछि वडा अध्यक्ष गुरुङ्ग बाध्य भएर बैदेशिक रोजगारका लागि बेलायत गएको उनकि श्रीमती संगिता गुरुङ्गले बताइन्।

उता वडा कार्यालयमा बुझदा वडा अध्यक्ष गुरुङले राजिनामा भने दिएका छैनन। उनले एक वडा सदस्यलाई जिम्मेवारी दिएर आफू केही समयका लागि वैदेशिक भ्रमणमा जान लागेको बताएको वडा सचिव असलेख कुमार चौधरीले जनसहारासंग बताए।

तर वडा अध्यक्ष गुरुङले भने वडा सचिव चौधरी संग मौखिक रुपमा वैदेशिक राेजगारकै लागि जान लागेको बताएका थिए राजिनामा भने नदिएको उनले बताए। जनसहारासंग कुरा गर्दै वडा सचिव चौधरी भन्छन्: `हाे उहाँ वैदेशिक राेजगारमै जानलागेकाे मलाई मौखिकमा भन्नू भाे तर एक सदस्यलाई जिम्मेवारी दिनु भाे उतिबेला भ्रमणमा भन्नू भाे राजिनामा आकाे छैन।´

५ वर्ष वडा कार्यालय सहयोगी भएर वडा अध्यक्ष भएका थिए गुरुङ

चन्द्रबहादुर गुरुङ झण्डै पाँच वर्ष राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी पदमा कार्यरत रहे। २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि उनी कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थालेका थिए।

२०७९ काे स्थानीय चुनावमा कार्यालय सहयोगीको पद राजीनामा दिएर नेकपा एमालेबाट वडा अध्यक्षको निर्वाचनमा होमिएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा अध्यक्ष बनेका थिए।

उनले जम्मा ९५० मत लिएर चुनाव जितेका हुन। नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई १३४ मतले पछि पार्दै चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित भएका थिए। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रभाकरदेव चौधरीले ८१६, नेकपा माओवादी केन्द्रका रामचन्द्र चौधरीले २०६, नेकपा एकीकृत समाजवादीका विष्णु गुरुङ्गले ९८, मंगोल नेसनल अर्गनाईजेसनका मोतिलाल चौधरीले ७०, राप्रपाका यदुवंशी चौधरीले ६१ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार