तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका -११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

ओलीले शनिबार दिउँसो १ बजेतिर आफ्नो घर नजिकै रहेको खेतमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट हुनगइ दायाँ हातमा करेन्ट लागेर घाइते भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचरको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले बताए।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार