राेल्पामा घरमाथिबाट पहिराे झर्दा दुई जना पुरिएका छन।
सुनछहरी गाउँपालिका वडा नं.४ कामिडाडाका २४ जर्षिय देउसिङ कामिको १ तले कच्ची घरमा बर्षातका कारण माथीबाट पहिरो झरेर पुरिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

शुक्रबार बेलुका करिब ९:४० बजेतिर उक्त पहिराे खसेको जानकारी पाएपछि प्रहरी चौकि सिउरीबाट ४ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियाे। पहिरोपरि देउसिंङ कामिको आमा अन्दाजी ७० वर्षकी वसुना सुनारकाे मृत्यु भएको र देउसिंहकी छोरी ४ वर्षियकाे खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकाेटीले बताए।

लगातार बर्षाका कारण माथीबाट पहिरो झरी रहेका कारण उद्दार कार्यमा कठिनाई रहेको घटनास्थलमा इप्रका पोवाङ र सुलिचौरबाट थप प्रहरी परिचालन गरि खोजीकार्य जारी रहेको र उक्त स्थानका जोखिममा रहेका अन्य घरका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरी निरीक्षक बराकाेटीले बताए।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार