वैदेशिक राेजगारकाे सिलसिलामा भारतमा रहेका राेल्पाका एक जनाकाे हत्या भएको छ।

त्रिवेणी गाउँपालिका -३ रातामाटा घर भई हाल भारतकाे पंजाव बलटाना बस्दै आएका कालु वलीकाे हत्या भएको छ भने उनका छोरा प्रेम प्रकाश वली घाइते भएका छन। उनिहरुलाई उनिसंगै रहेका पवन वली र गिरिराज वलीले घरायसी धारिलो हतियार प्रहार गरेका थिए।

उनिहरु संगै बस्दै आएकाहरुका अनुसार उनिहरु बिच जग्गा जमिनको रिसिवि रहेकाे र यसअघि पनि पटकपटक विवाद हुदै आएकोमा असार ३ गते याे घटना भएको हाे।

मृतक कालु वलीको शव अहिले भारतको चण्डीगढ स्थित ३२ सेक्टरको हस्पिटलमा रहेको र घाइते प्रेमकाे साेहि हस्पिटलमा उपचार भइरहेको छ भने हत्यामा संलग्न पवन र गिरिराज फरारर रहेका छन।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार