नेपाली अल्ट्रा ट्रेल धावक मनकुमार रोका मगरले स्वीट्जरल्याण्डमा आयोजना हुने तीन ट्रेल रेसमा भाग लिने भएका छन् । जसमा सहभागी जनाउन उनी आगामी जुलाई १ मा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने छन।

रोल्पाको थबाङ गाउँपालिका-१ दाङजाका २१ वर्षीय मनकुमारले स्वीटजरल्याण्डमा जुलाई देखि सेप्टेम्बरसम्म हुने तीन फरक रेसहरुमा नेपालकाे तर्फबाट सहभागी हुन लागेका हुन। आगामी जुलाई ६ र ७ मा हुने ट्रेल भर्बिएर सेन्ट बर्नार्ड, अगष्ट १० मा हुने सिरे जिनाल र सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा प्रतिस्पर्धा गर्नेछन् । ट्रेल भर्बिएर सेन्ट बर्नार्ड र वाइल्ड स्ट्रबेल क्रान्स मोन्टाना युटिएमबी रेस समेत हो ।

उनकाे याे पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा दौडने अवसर हाे यसअघि उनले । गत अप्रिल ५ मा काठमाडौंमा भएको चौथो मन्जुश्री ट्रेल रेसमा १०० मिकी पुरुषतर्फ १४ घण्टा ४५ मिनेट २६ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए । त्यसपछि लगत्तै मुस्ताङमा भएको मुस्ताङ ट्रेल रेसको पनि उपाधि जिते । विभिन्न स्टेजमा हुने १७० किलोमिटरको यो रेस उनले कीर्तिमानी समय १९ घण्टा ३१ मिनेट ०२ सेकेण्डमा पूरा गरे । उक्त रेसमा एक मात्र नेपाली धावकका रुपमा प्रतिस्पर्धि थिए। यहि रेसकाे सफलतापछि ट्रेल रेसमा नयाँ स्टारको रुपमा चिनिएका थिए मनकुमार ।

धेरै ट्रेल रेसहरुमा भाग लिइसकेँका मनकुमारले आफ्नै देशमा जन्मिएको आफ्नो स्थानीय तह देखि राष्ट्रिय स्तरसम्मका कसैले समेत नचिने पनि स्वीट्जरल्याण्डको विदेशीले प्रतिभा चिनेर बोलायो अब मैले मेराे नामले हैन नेपाल देशकाे नामले सहभागी हुदै गर्दा मेरो व्यक्तिगत भन्दा देशको नामबाट चिनिन र चिनाउन पाउदा भन्दै आफू खुशी भएको जनसहारसंग बताए।

आफुले अहिलेसम्म नितान्त व्यक्तिगत खर्चमै सङघर्ष गरिरहेकाेमा अहिले विदेशीले प्रतिभा चिनेर मलाई नचिनेको नेपालकाे नाम आफुले चिनाउन पाउँदा त्याे भन्दा ठुलो खुशी अरु आफ्नो लागि नभएको र त्यहाँ गएपछि सकेसम्म नेपालकाे नाम उच्च नै राख्ने संकल्प रहेको र अहिले आफू स्वीट्जरल्याण्डमा नेपालकाे तर्फबाट सहभागी हुदै गर्दा स्वीटजरल्याण्डमा उनकाे खाने, बस्ने सबै खर्च ट्रेल रनिङको कोच र ट्रेनर टार्किसले नै बन्दोबस्त गर्ने भएकाे समेत मनकुमारले बताए।

राेल्पाकाे सामान्य परिवारमा जन्मिएका मनकुमारकाे सानै देखिकाे सपना थियाे सैन्य क्षेत्रमा प्रवेश गर्ने त्यसकै तयारीमा सानै उमेरमा गाउँघरमा सामान्य रुपमा दौड गर्थे तर घरायसी काम नगरेर नपुग्ने पारिवारिक अवस्थामा उनले घरकाे काम सकेर कहिल्यै पानी परेको समयमा पानीकै झरि गर्मियाममा दिउँसोको टनटलापुर घाममै दौेडेर दौडकाे अभ्यास गरेकाे दु:ख अझै स्मरण ताजा रहेको मनकुमारले बताए।

अहिले उनि रोड ट्रेनिङ, माटोमा ट्रेनिङ, हिल ट्रेनिङ, ग्राउण्ड ट्रेनिङ र नर्मल ट्रेनिङ स्वीट्जरल्याण्डबाट पठाएको तालिका अनुसार तयारी गरिरहेको बताएका छन।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार