सरकारले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सुचना तथा संञ्चार मन्त्री र सरकारकी प्रवक्ता समेत रहेकि रेखा शर्माको सम्पत्ति विवरणमा कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका -७ मा ६ आना जग्गा र साढे २ तलाको घर समेत रहेको उल्लेख छ।

प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति छ। त्यस्तै सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको समेत मन्त्री शर्माले उल्लेख गरेकि छन।

त्यसैगरी मन्त्री शर्माको बैंकिङ विवरण अनुसार राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ।

उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन्। ६५ लाख ऋण लिएको, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि उल्लेख गरेकि छन।

हेर्नुस् पूरा विवरण

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार