उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सहित श्रीमती निकिता पौडेलको समेत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
हाल काठमाडौँ महानगरपालिका -६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति भएको देखाएका छन। ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो नाममा सम्पत्ति देखाएका छन् ।
यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर छ। श्रीमती र आफ्नो संयुक्त आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार र यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको समेत खुलाएका छन।