राेल्पाकाे त्रिवेणी गाउँपालिकाले MGML(multi grade multi learning) कार्यक्रम कार्यान्वयन गर्ने बाहनामा शिक्षा नियमावली विपरीत शिक्षकलाई काजमा सरुवा गराएको छ।
शिक्षा नियमावली २०५९ को परिच्छेद १९ नियम १११ को उपनियम ५ (तेस्रो संसोधनमा थप) शिक्षा विभागले शिक्षक विद्यार्थी अनुपात मिलाउन जिल्ला शिक्षा समितिमा पुलमा शिक्षक राखी शिक्षक विद्यार्थी अनुपातमा मिलाउन काजमा खटाउने प्रष्ट व्यवस्था हुदाहुदै पनि त्रिवेणी गाउँपालिकाले एक शैक्षिक कार्यक्रम लागू गर्ने बहानामा शिक्षा नियमावली विपरीत त्रिवेणी गाउँपालिकाले ११ जना शिक्षकलाई काज सरुवा गरेको छ।
गाउँ शिक्षा नियमावली अनुसार पनि काज सरुवामा राख्ने व्यवस्था स्थानीय तहलाई अधिकार नभएकाे व्यवस्थालाई लत्याउदै गाउँ शिक्षा समितिले कार्यपालिकामा अनुमाेदन गरेर कार्यपालिकाले समेत त्यहि अनुमाेदनका आधारमा शिक्षा ऐन विपरीत एकलौटी निर्णय गरेर काज सरुवा गरेको पाइएको छ।
MGML व्यवस्थापन तथा शिक्षकलाई काजमा निर्णय लिने सम्बन्धमा त्रिवेणी गाउँपालिकाकाे गाउँ शिक्षा समितिले २०८० मंसिर ८ गते ११ जनालाई सरुवा गर्ने गरिएकोमा फेरि २०८० चैत १२ मा फेरि ९ जनालाई मात्रै पालिका भित्रका विभिन्न विद्यालयमा सरुवा गर्ने वा पुलमा लिने निर्णय गरेको छ। सरुवा भएका अरु सबै सम्बन्धित नयाँ कार्य क्षेत्रमा गए भने एक जना मात्रै शिक्षा नियमावली विपरीत गरिएको सरुवा स्विकार गर्न नसकिने भन्दै स्विकार गरेका छैनन।
अस्विकार गर्नेमा स्थायी प्रा.वि शिक्षक तृतीय श्रेणीका गंगा प्रसाद बुढा छन। उनी भन्छन्: `विद्यार्थी सङ्ख्या आधार मानेका हुन भने पनि प्रयाप्त नियमानुसार विद्यार्थी सङ्ख्या पालिका भर छैनन, न कार्यबिधी छ,न नियामावली कार्यन्वयन गरेका छन,मात्रै निर्णयका आधारमा गैरकानुनी रुपमा राजनीतिक पुर्वाग्रहमै दबाब मच्चाइ रहेका छन।´
उनले पालिकामा पटकपटक याे नियमविपरीतकाे निर्णय बदर गर्न माग राखे पनि उनलाई उल्टै धम्की दिने गरेको गुनासो शिक्षक बुढाकाे छ। अब याे विरुद्ध आफू कानुनी प्रक्रियामा गएरै शिक्षा नियमावलीलाई यतिकै बञ्चित गर्न नदिने चेतावनी दिएका छन। अहिले तत्काल त्रिवेणी गाउँपालिकामा याे अवस्था देखिए पनि शिक्षा नियमावलीलाई लत्याउदै स्थानीय तहकाे यस्तो मनाेमानीले समग्र शिक्षा क्षेत्रकाे अधिकार कुण्ठित गरेको उनलेे बताए।