प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ आज सल्यान आउदै छन।
दार्मा गाउँपालिकाको नव निर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल गाउँपालिकाकाे केन्द्र फारुला आउने भएका हुन।
दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित साढे २ तले २४ काेठे प्रशासनिक भवन उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे हेलिकप्टर मार्फत फारुलामा अवतरण हुने कार्य तालिका छ।
कुल ७ करोड ८ लाख ५२ हजार बढीको बजेटमा धुलिखेल निर्माण कम्पनीले ४ करोड ६५ लाख ७ हजार ८४३ रुपैयाँमा टेन्डरमा निर्माण गर्ने जिम्मा लिएको थियो । उसले २०७८ असार २५ गते निर्माण सुरू गरि यही वैशाख १० गते नयाँ प्रशासनिक भवन निर्माणको काम पूरा गरेको हाे।
भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि दार्मा गाउँपालिकाले गत २२ गते कार्यपालिकाबाट निर्णय गरि पालिका भित्र आज सार्वजनिक विदा समेत दिएको छ।