राेल्पाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ।

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएका कारण रोल्पा अस्तालमा भर्ना भएकी रोल्पा नगरपालिका–४ की ३० वर्षीया पद्‌मा सेनलाई राष्ट्रपति पहिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला अस्पताल राेल्पाले जनाएको छ।

अस्पतालका अनुसार अघिल्लो साता पदमाकाे ५ महिनाको गर्भ खेर गएको थियो । उपचारका लागि भैरहवास्थित अस्पतालमा पुर्‍याइएका बेला गर्भ खेर गएको थियो । त्यहाँ रक्तश्राव रोकिएपछि डिस्चार्ज भएर घरमा आइकी उनी पुनः रक्तश्राव भएपछि आइतबार राति रोल्पा अस्पतालमा भर्ना भएकी थिइन्। त्यसपछि रोल्पा अस्पतालमा उनलाई ८ पोका रगत चलाइएको तर पनि अवस्था गम्भीर हुदै गएपछि सोमबार दिउँसो ३ बजे स्वास्थ्यकर्मी सहितकाे टाेलि संगै हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको राेल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए।

हेलिकप्टरबाट उद्दारका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृतबाट पनि समन्वय भएपछि छिटै उनकाे उद्दार भएको हाे।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार