राेल्पाकाे लुङ्ग्री गाउँपालिका -१ पाङ रीरिप मा बिहान ९ बजे बाट लागेको आगाे अहिलेसम्म पनि नियन्त्रणमा आएकाे छैन।
आगाे लुङ्ग्री गाउँपालिका -१ पाङ रीरिप रिडि भन्ज्याङ स्थित जंगल हुदै दिउँसो करिब ३ बजेतिर मानव बस्तिमा समेत फैलिएपछि याे समाचार तयार पार्दासम्म विभिन्न घरगाेठ गरि १० वटा घरगाेठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
लुङ्ग्री गाउपालिका वडा नं.-१ रिरिप बस्ने बर्ष ४९ को निसे घर्तिको टिनले छाएको ढुङ्गामाटोले बनेको २ तले घर,घर भित्र रहेको लत्ताकपडा भाडा बर्तन,अन्नपात समेत जलि नष्ट भएको र खरले छाएको १ तले गोठ समेत जलि पुर्णरुपमा नष्ट भएको छ।
साेहि ठाउँका बर्ष ३४ को अमृत घर्तिको टिनले छाएको ढुङ्गा माटोले बनेको २ तले घर,घर भित्र रहेको लत्ताकपडा,भाडा बर्तन,अन्नपात समेत जलि नष्ट भएको छ। त्यसैगरि बर्ष ७० को सन्तु घर्तिको खरले छाएको २ तले कच्चि घर पुर्ण रुपमा जलि नष्ट भएको र उनि प्यारालाईसिसको बिरामि भई घरमा बसेको अबस्थामा निजको दाँया हातको कुहिना,दाहिने खुट्टाको तिघ्रा जलेको,बोल्न सक्ने,अबस्था सामान्य,उपचारको लागि पठाउने पहल भई रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए।
त्यसैगरि साेहि ठाउँका बर्ष ७४ को टेके घर्तिको २ तले ढुङ्गाले छाएको ढुङ्गा माटोले बनेको कच्चि घर,लत्ताकपडा,अन्नपात,भाडा बर्तन समेत जलि पुर्ण रुपमा नष्ट भएको छ। त्यस्तै बर्ष ४१ को भुवन घर्तिको खरले छाएको १ तले गोठ जलि पुर्णरुपमा नष्ट भएको छ भने सोहि गोठमा रहेको १ गोरुको जलि मृत्यु भएको र १ जर्सि गाई समेत जलि घाईते भएको छ। साेहि ठाउँ बस्ने बर्ष ७६ को प्रकाश सिंह घर्तिको टिनले छाएको २ तले ढुङ्गा माटोले बनेको घर,अन्नपात,लत्ताकपडा.,भाडा बर्तन समेत जलि पुर्ण रुपमा नष्ट भएको । त्यसैगरी साेहि ठाउँ बस्ने बर्ष ३४ को तुल बहादुर घर्तिको टिनले छाएको २ तले ढुङ्गा माटोले बनेको घर,अन्नपात,लत्ताकपडा,भाडा बर्तन समेत जलि पुर्ण रुपमा नष्ट भएको र खरले छाएको १ तले गोठ समेत जलि पुर्ण रुपमा नष्ट भएको प्रहरी प्रवक्ता गुप्ताले बताए।
त्यसैगरि साेहि ठाउ बस्ने बस्ने बर्ष ३१ को नर बहादुर घर्तिमगरको १ तले खरले छाएको ढुङ्गा माटोले बनेको घर,अन्नपात,लत्ताकपडा,भाडा बर्तन समेत जलि पुर्ण रुपमा नष्ट भएको छ भने बर्ष ४५ को जित बहादुर घर्ति मगरको १ तले खरले छाएको गोठ जलि पुर्ण रुपमा नष्ट भएको छ। र त्यस्तै साेहि ठाउँ बस्ने बर्ष ७२ को हिरालाल घर्तिको २ तले टिनले छाएको ढुङ्गा माटोले बनेको घर,अन्नपात,लत्ताकपडा,भाडा बर्तन समेत जलि पुर्ण रुपमा नष्ट भएको र १ तले खरले छाएको गोठ समेत जलि पुर्ण रुपमा नष्ट भएको याे समाचार तयार पार्दासम्म प्रहरीले प्राप्त गरेको विवरणमा उल्लेख छ। तर अहिले माेटामाेटी तथ्यांक उपलब्ध भए पनि विस्तृत रुपमा क्षतिकाे विवरण आउन बाँकी छ।
अहिले उक्त आगाे सुनछहारी गाउँपालिका -३ गामकाे जंगलतिर फैलिरहेकाे छ। आगाे नियन्त्रणका लागि प्रहरी चौकी सिर्प, इलाका प्रहरी कार्यालय सुलिचौर, जिल्ला प्रहरी कार्यालय रोल्पा र सशस्त्र प्रहरी बल नेपाल रोल्पा,बटुक दल गण रोल्पाबाट ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक गुप्ताले बताए।