दाङमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका ५ बजेतिर लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको गाेठमा आगलागी भएपछि वीरबहादुरको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानोकाे गोठमा आगो सल्किएपछि आगोले वीरबहादुरको घरमा पनि पुगेपछि वीरबहादुर पैसाको बाकस बाहिर निकालेर फेरि अन्य सामग्री निकाल्न छिरेपछि भित्रै निसासिएर लडेर  जलेरपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले बताए।

उक्त आगलागीबाट स्थानीय जितबहादुर बोटेको घर सहित दुई घर र एक गोठ जलेर नष्ट भएका छन्। लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकलले राति साढे ११ बजे तिर आगाे नियन्त्रणमा लिएको थियाे।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार