लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले एमाले नेता भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्री नियुक्त गरेका हुन्।
एमाले स्रोतकाअनुसार रुपन्देहीका ढकालले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।
त्यस्तै, गुल्मीका पन्थीले गृह, कपिलवस्तुका केसीले वन र बाँकेका खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन्।
यसअघि एमालेले अर्घाखाँचीका चेतनारायण आचार्यलाई महरा नेतृत्वको सरकारमा पठाएको थियो। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।