राेजगारका लागि मलेसिया पुगेका एक नेपाली बेवारिसे अवस्था भेटिएका छन।
मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गरिरहेका उनलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी आइपुगे, परिवारमा को को छन केही पनि नभएकाे अवस्थामा मलेसियामा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचले जनाएको छ।
तर उनले आफ्नो घर नेपालको ठेगाना पिप्ले भन्ने ठाउँमा बताउँछन् तर याे ठाउँ कुन जिल्लामा हाे भन्ने एकिन अहिलेसम्म भएको छैन।
उनलाई क्वालालम्पुरमा अहिलेको अवस्थामा पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले मलेसियाको समयअनुसार बिहान ४ बजे सडकमा बसिरहेको अवस्थामा छ महिनाअघि फेला पारेकाे बताएका छन।
अहिले उनकाे स्वास्थ्य स्थिति गम्भीर भएका कारण उनलाई चिन्ने वा उनको बारेमा कुनै पनि जानकारी भए तल दिइएकाे नम्बरमा सम्पर्क गर्न सकिने छ।
सम्पर्क–
नेपाल : कुलप्रसाद कार्की
९८५१११३२२१
मलेसिया : पूर्ण सुब्बा
+ ६० १८३५० ७७३०