मानसिक सन्तुलन गुमाई २३ बर्षदेखी बेवारिसे बनेका सल्यानका एक जनाको उद्धार गरिएको छ ।
मानवसेवा आश्रम दाङ शाखाले बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानी घर भै जयतपानीमा बेवारिसे बनेर बस्दै आएका ३७ बर्षिय ओपिराम बस्नेतको उद्वार गरेको हो।
२८ बर्ष अगाडि आमाको मृत्यु भएपछि ओपिराम आमाको निधन भएको ४ बर्ष पछि मानसिक समस्या देखा परेपछि २३ बर्ष देखि मानसिक समस्यामा परेकाे र आमाको मृत्यु हुदा उनी ९ बर्षका रहेको मानवसेवा आश्रम दाङ शाखाले जनाएको छ।
४ बर्ष अगाडि सम्म्म बुबा साथमा हुनुहुन्थ्यो र बुबाले स्याहार सुसार गर्दै आइरहनु भएको थियो तर बिगत ४ बर्ष यता १ गाँस भोजन र १ गोलि औषधिको अभावमा ओपिरामको जीवन कष्टकर बनिरहेको अवस्थामा मानवसेवा आश्रम दाङ शाखाले उनकाे उद्दार गरि दाङकाे तुलसीपुर स्थित शाखाकाे आवासमा लिएको छ।
ओपिरामको खाने बस्ने हेरचाह गर्ने र औषधि उपचार अब मानवसेवा आश्रम दाङ शाखाले गर्ने छ । शाखाले बेवारिसे मानिसलाई पुन: जीवन दिने र सम्पर्कमा आएसम्म सम्बन्धित परिवार पुन:मिलन सम्म गराउने कार्य गर्दै आएको छ।
मानवसेवा आश्रमले हाम्रो चाहना – सबैको लागि खाना, नाना र छाना, हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा, हाम्रो सपना – मानवीयताको राष्ट्र नेपाल भन्ने आशयका साथ देशका विभिन्न स्थानहरुमा शाखा विस्तार गरि सेवारत छ।