निशुल्क आँखा जाँच तथा उपचार शिविरबाट ६०९ लाभान्वित भएका छन।

बागचौर नगरपालिका वडा नं. १ सल्यानमा २०८०/१२/०३ गते १० र १७ गते क्रमशः सरस्वती शारदा आधारभूत विद्यालय ठिन्बाङ , त्रिवेणी आधारभूत विद्यालय बजरपाटा र महादेव आधारभूत विद्यालय चौखेमा भएको नि:शुल्क आँखा जाँच तथा उपचार शिविरबाट ६०९ जनाले सेवा लिएका हुन।

उक्त शिविरमा १४२ जनालाई नजिकको चस्मा , २०२ जनालाई आवश्यक औषधि र १९ जनालाई रिफर गरिएको हो ।
बागचौर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेतको अध्यक्षता तथा प्राथमिक आँखा तथा कान उपचार केन्द्र खरिबोटको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरको समापन सत्रमा बोल्दै वडा अध्यक्ष गंगाराम बस्नेतले वडाबासीलाई स्थानीय सरकार जनताको नजिकको सरकार भएको अनुभुती दिलाउन आफू लागि परेको र यो पनि शिविरमा यसैको एउटा रुप भएको बताएका छन।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार