माध्यमिक शिक्षा परीक्षा (एसईई) काे परीक्षा जापानबाट पनि हुने भएको छ।

चैत १५ गतेदेखि देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एउटा जापानमा पनि ताेकिएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको र उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ गरि साेहि स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए।

हुलाक मार्फत उत्तर पुस्तिका पठाइएको र मेलमार्फत प्रश्नपत्र पठाइने छ। विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो । तर, यो वर्ष भने बोर्डबाट कोही पनि नजाने बोर्डका परीक्षा नियन्त्रक पौडेलले बताए।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार