वैदेशिक राेजगारका लागि युएई पुगेका राेल्पाका एक जना बन्धक बनेका छन।
गंगादेव गाउँपालिका –२ रहमाईका २१ वर्षीय बालकुमार वली करिब १ वर्ष यता युएईमा बन्धक बनेका छन। आफ्नो आर्थिक स्थिति सुधारदै पारिवारिक खुशी खाेज्दै परदेशीनेहरुकाे त्याे दिनकाे लहर ०७९ वैशाख ९ गते काठमाडौबाट प्याराडाइस म्यानपावरका एजेन्ट साउने गिरीलाई १ लाख ५० नगद बुझाउदै मनमा अन्याेल नयाँ सपना, ढुकढुक धड्कन, हासाे न आँशुकाे मलिन अनुहार लिएर युएई उडे बालकुमार।
त्यहाँ पुगेपछि उनका दैनिकीहरु नयाँ परिवेशमा कम्पनीकै डिउटीमा बितिरहेकै थिए। परदेशीकाे पहिलो अनुभव, बिहे गरेको ६ महिना मात्रै नयाँ दाम्पत्य खुशी साटेका उनी पारिवारिक सम्झना, मायाले त मन तताएकै थियाे। त्यसमा पनि खाडीकाे ताताे घामले सेकिदै थिए। उनी युएई स्थित `इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’ क्लिनरकाे रुपमा कार्यरत थिए। नेपालबाट श्रम सम्झौतामा उल्लेख भए बमोजिम १ हजार २ सय दिराम मासिक पारिश्रमिक पाउँथे।
बालकुमारका अनुसार `इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’ले त्यहाँका ठुलठुला अपार्टमेन्टमा आफ्ना कामदारहरुकाे ग्रुप खटाउने गर्थ्याे। त्यहि अनुसार ‘साम्स फोर जेबिआर’ अपार्टमेन्टमा बालकुमारले ब्लूवाटर भन्ने ठाउँ नजिकै (क्लिनर) सरसफाइको काम गर्थे। आफु कार्यरत कम्पनी एकदमै राम्रो रहेको बालकुमार बताउँछन्। कामदारलाई बस्न, खाना देखि काममा लिने ल्याउने र तलब सुविधा सम्म राम्रो व्यवस्थापन रहेको उनी बताउँछन्। काम गर्दा नेपाली, भारतीय, पाकिस्तानी र बंगालीहरूसंग घुलमिल भएर रमाइलो संगै दिनहरु बितिरहेकाे सम्झना अहिले उनकाे मानसपटलमा ताजै छ।
भनिन्छ `नि दशा बाजा बजाएर आउदैन´ त्याे एक दिन उनकाे लागि कालाे दिन पुग्याे बालकुमार नेपाली मिति अनुसार ०८० असार १२ गते एका बिहानै डिउटी जानका लागि कम्पनीको गाडी पर्खिने ठाउँ ‘जेबलाली’ बसे तर उनि थाेरै ढिला पुग्दा उनकाे गाडी छुटिसकेकाे रहेछ। उनले अत्तालिएर यताउता गरिरहेका बेला ‘इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’को अर्को गाडी आइपुग्यो तर त्यो गाडी सुरक्षागार्डको थियाे तर पनि बालकुमार त्यहि गाडीमै गाडीमै चढने निधाे गरे र चढे पनि।
गाडी चालकलाई उनले भने ‘मेरो गाडी छुट्यो मलाई ब्लूवाटरको पुलमा झार्दिनु, म त्यहीं झर्छू।’ त्यहि अनुसार ब्लूवाटरको नजिकै पुग्दा गाडीको ढोका खुल्यो तर गाडी पुर्ण रुपमा राेकिएकाे रहेनछ बालकुमार ओर्लिन खोज्दा भूइँमा बजारिए। गाडी आफ्नै रफ्तारमा हुइकियाे उनलाई टाउमा गहिरो चाेट लागेछ। त्यसपछि हाेस गुमाएका उनले केही पत्तो नपाएको अहिले सुनाउछन।
उनी बेहासमै सडकमा लडिरहेपछि स्थानीय प्रहरीले साउदी जर्मन अस्पतालमा पुर्याए छ उनलाई टाउकोको दाहिनेपट्टी गम्भीर चोट लागेको रहेछ टाउकोकाे अप्रेसन नै गर्नु पर्याे उनकाे अप्रेसन सफल भएपछि उनी झण्डै एक महिनापछि मात्रै हाेसमा आएको बताउँछन्। त्यसपछि तीन महिनाको उपचारपछि आफू साउदी जर्मन अस्पतालबाट तीन महिनापछि डिस्चार्ज भए उनी कार्यरत कम्पनीले उपचारखर्च नतिरिदिँदा अनायासमै १ महिना उनी अस्पतालमै बस्नुपरेकाे अवस्था उनले पछि थाहा पाए।
उनकाे उपचार खर्च साढे ९ लाख दिराम अर्थात नेपाली रुपैयाँ साढे ३ करोड रुपैयाँ लागेकाे अस्पतालकाे खर्चमा देखिन आयाे। त्यसमध्ये ४ लाख ३७ हजार दिराम बीमा कम्पनीले तिरेकाे छ। बाँकी उपचारखर्च भुक्तानी गरिदियाे। तर उनले अस्पतालकाे पूरा भुक्तानी नगर्दा सम्म डिस्चार्ज नहुने भए। तर पनि त्यहाँ गठित राेल्पाली सेवा समाज युएई र समाजकाे केन्द्रीय कार्यसमितिकाे पहलमा डिस्चार्ज भए।
अस्पतालबाट डिस्चार्ज भएको १५ दिनपछि उनी कम्पनीको कार्यालयमा पुगेर आफुले काम गर्न नसक्ने र भिसा सम्झौता तोडि घर पठाउन आग्रह गरे त्यहि अनुसार कम्पनीले भिसा खारेज गरेर हवाई टिकट पनि कम्पनीले नै व्यवस्था सहित उपचारका लागि उनी अस्पताल बसेको अवधिभरिको तलब पनि दिएकाे बालकुमार बताउँछन्।
यहि गत असोज २५ गते दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि राति साढे १ बजे उनको फ्लाइट टिकट थियो। घर फर्किने भनेर विमानस्थल पुगि विमानभित्र बसेका बेला चेकिङ गरियो उनलाई अध्यागमन कर्मचारीले रोकेर राहदानी हेरे माथिल्लो अधिकारी सम्म जान भन्दै अधिकारीसामु लगियाे र ती अधिकारीले भने– ‘तिमी घर जान पाउँदैनौ। अदालतमा तिम्रो मुद्दा चलिरहेको छ।’ अनि उनी छाँगाबाट खसे झै भए। अनि मात्रै थाहा भयाे उनी विरुद्ध अस्पतालले त्यहाँकाे अदालतमा मुद्दा हालेको रहेछ।
त्यसकाे भाेलिपल्टै कम्पनीकाे कार्यालयमा पुगेर बालकुमारले रुदै र डराउदै कुुरा सुनाए तर कम्पनीले तत्काल खाना, बस्न व्यवस्था मिलाउने र प्रक्रिया गरिदिने आश्वासन दियाे त्यसयता अहिलेसम्म उनी बन्धक नै छन। कम्पनीले अस्पतालमा कति पैसा भुक्तानी गर्याे वा गरेन त्यसमा उनी बेखबर छन अब उनले अस्पताललाई अझै ४ लाख दिराम भुक्तानी गर्न बाँकी छ। त्यो रकम भुक्तानी नगरेसम्म उनी न घर फर्किन पाउँछन्, न त्यहाँ कुनै काम गर्न पाउँछन्।
अहिले अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजले दुतावासलाई गुहार मागिरहेको छ। तर दुतावासले आश्वासन बाहेक केही सहयाेग दिन सकेको छैन। उक्त गाडी चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर साेधपुछ गर्दा गाडी चालक भारतीय नागरिक हेमराम खेशरले रहेको खुल्याे उनले प्रहरी सम्क्ष ‘जेबेल अली’बाट ३० देखि ४० कामदार लिएर जादा ‘अराइभल प्वाइट ब्लूवाटर पार्किङ अघि नै गाडीको ढोका खुलेपछि बालकुमार ओर्लिएकाे र गाडी सुरुङमार्ग अघि करिब १५ देखि २० किलोमिटरको गतिमा गुडिरहेकै बेला उनी झरेको बताएका छन भने इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुपले चालककाे गल्ती नभएको भन्दै बचाउ गरेको छ।
उनिहरुका दुई दाजुभाइ मध्ये उनका दाइ मलेसियामा छन भने दिदिहरुकाे पनि विवाह भइसकेको छ। बालकुमारकि पनि १९ महिने छाेरी छन। अब उनलाई घर कसरी फर्काउने भन्ने मुख्य प्रक्रिया दुतावासबाट नै हुने हुदा दुतावासले त्यसप्रति चासाे नदेखाएको पनि बालकुमारले जनसहारासंग भनेे- `६/७ महिना पहिला नै १२/१५ दिनमा प्रक्रिया हुन्छ भन्याे तर अहिलेसम्म केहि भएन।´
अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजले पनि बालकुमारकाे याे अवस्थालाई दुतावासमा निरन्तर राखिरहेकाे बताएको छ। आफ्ना नागरिक प्रति जिम्मेवार बिहिन जस्तो व्यवहार देखाएको र त्यसका लागि राम्रोसँग बहस नै गर्नु पर्ने देखिएको समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले बताए।
उनले भने- `बाल कुमारको जिम्मेवारी कस्ले लिने ? नेपाली दूतावास युएई ? रोड दुर्घटनामा परि घाइते भएका यि बाल कुमार वली कम्पनीले पनि निष्कासन गरेर रोडमा झारेको छ र नेपाली दूतावास युएईले फोटो त खिचाए तर अहिले ति बाल कुमार वलीको अबस्था बारे नत फलोअप गरे नत फोन उठाउछ एउटा नेपाली नेपाल आउन Travelling block गरेर बिचल्ली बनाएको छ अहिले बालकुमार वलीको ज्यान झन खतरामा गएको छ । नेपाल सरकार राजदूतलाइ के को लागी खटाएको हो ? उनले दुतावासप्रति प्रश्न समेत उठाएका छन।