रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय घनसिंह पुन रहेको त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले बताए ।
३ महिनाअघि मात्रै भारतबाट दुबई हुँदै साढे ११ लाख खर्च गरेर रुस पुगेका पुनकाे रुसी सेनाको क्याम्पमा बसेका बेला युक्रेनी सेनाकाे ड्रोन आक्रमणमा परेर मृत्यु भएको खुल्नु आएको वडा अध्यक्ष घर्तीमगरले जनसहारासंग बताए ।
यसअघि दुई वर्ष कतार बसेर फर्केका पुनले दाङ र रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए । उनका दुई छोरी र एउटा छोरा र श्रीमती दाङमा बस्छन। गैरकानुनी रुपमा रसिया पुगेका दुई जना सकुशल फिर्ता आइसकेको वडा अध्यक्ष घर्तीमगरले बताए।