बागचौर नगरपालिका १ मा नि:शुल्क कानको चेकजाँच शिविर सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योती संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोगमा बागचौर नगरपालिका १ स्थित महादेव आ.विमा नि:शुल्क कान चेकजाँच शिविर सम्पन्न भएको हाे ।
उक्त शिविरबाट १८८ जनाले सेवा लिएका छ्न । शिविरमा कानमा राख्ने औषधि र कान सुन्नलाई प्रयोग हुने श्रवन यन्त्र नि:शुल्क रुपमा वितरण गरिएको थियो ।
डा. ऋषि भट्ट( इएनटी सर्जन) नेतृत्वको टिमले उक्त शिविर सम्पन्न गर्न बागचौर नगरपालिका १ नं. वडाका वडा अध्यक्ष गंगाराम बस्नेत लगायत वडाको टिम र प्राथमिक आँखा तथा कान उपचार केन्द्रका प्रमुख नवराज देवकोटाले आवश्यक समन्वय र सहजीकरण गरेका छन ।
साथै शिविरमा आएका श्रवन शक्ति कमजोर भएका व्यक्तिहरुले कान सुन्न श्रवन यन्त्र पाउदा खुशी व्यक्त गरेका थिए ।