माघ २० रुकुम पश्चिम –    वर्तमान सरकारकाे असंवैधानिक कदम विरुद्ध र जिल्लामा विभिन्न प्राविधिक कलेजकाे रुपमा खुलेका ठगि शिक्षालयहरुलाई कारवाही गर्न दबाब स्वरुप रुकुम पश्चिमका विद्यार्थीले धर्ना दिएका छन।

प्राविधिक १८ महिने र कम्प्युटर अपरेटर पढाउने बाहनामा विद्यार्थीबाट चर्काे रकम असुली ठगि गरेका प्राविधिक कलेजलाई कारबाही नगरेकाे भन्दै अनेरास्ववियूकाे नेतृत्व तथा पिडित विद्यार्थीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको गेट अगाडि दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म धर्ना दिएका छन।

विद्यार्थीकाे माग सहितकाे व्यानर

ठगि गर्ने कलेज रुकुम पश्चिम काे मुसिकाेट नगरपालिका १ खलंगा स्थित टिएनटी टेक्निकल कलेज र स्यार्पु दह इन्जिनियरिङ कलेज रहेका छन। विभिन्न सेवा शुल्क बापत प्रति विद्यार्थी बीस हजार देखि साठी हजार सम्म असुल गरेकाे पिडित विद्यार्थीहरुकाे गुनासाे छ। यति रकम कलेजले लिईसकेपछि राम्रो पढाइ हाेला भनेर अनेक उद्देश्य बनाएर बसेका विद्यार्थीकाे भविष्यमाथि खेलबाड गरेर सबै विद्यार्थीबाट गरि करिब बीस लाख बराबरको ठगि गरेकाे पिडित विद्यार्थी बताउछन।

स्यार्पु दह इन्जिनियरिङ कलेजका संचालक झलक शेर्पालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकाे बताएको छ। भने टिएनटि टेक्निकल कलेजका संचालक तिलक डागी फरार छन। फरार डागी माथि पिडित विद्यार्थीले ठगि मुद्दा जाहेर गरिसकेकाेे बाह्र दिन बितिसक्दा पनि अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेकाे छैन।

अहिले परीक्षाकाे हुने समय भइसक्दा पनि स्किल टेष्टकाे याेजना भर्खर गर्न लागेका थिए। सिटिइभिटी अन्तर्गतको परीक्षा नगराई एनएसटिभिमा स्किल टेष्ट सीप परिक्षण गराउन खाजेकाे बताइएको छ। अनि शुल्क तिरेकाे रसिद पनि कतिपयलाई दिने र कतिपयलाई नदिने गरेकाे पनि खुलेकाे छ। सिटिइभिटि अन्तर्गत पनि दर्ता नभएको पाइएको छ।

धर्नारत विद्यार्थी

प्राविधिक शिक्षा पढाउने भनेर सञ्चालन गरिएको उक्त कलेजले विद्यार्थीलाई ठगेको गुनासाे जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले छानविन समिति गठन गरि अनुसन्धान गर्दा उक्त कलेजले विद्यार्थीको समय र रुपैयाँ ठगेको निष्कर्ष निकालेको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी गैह्रेेेेले ती दुवै कलेजका संचालकलाई पक्राउ गरि आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरि निर्देशन गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३३ जना विद्यार्थीलाई ठगेको उजुरी कार्यालयमा दर्ता भएको छ। पक्राउ परेका स्यार्पु दह इन्जिनियरिङ कलेजका संचालक शेर्पाली माथि अनुसन्धान भइरहेको र फरार भएका टिएनटि टेक्निकल कलेजका संचालक डागीकाे खाेजिकार्य जारी रहेकाे हुदा छिट्टै पक्राउ गर्नेे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

धर्ना कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अनुशासन आयोगका सदस्य तुलबहादुर देवकोटा, जिल्ला संयोजक शुशिल विष्ट तथा पीडित विद्यार्थीहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार